नियम ७९
पूर्व योग्यता विधि
(१) खरिद ऐनको दफा १२ बमोजिम ठूला र जटील निर्माण
कार्यको लागि वा औद्योगिक प्लाण्ट जस्ता उच्च मूल्यका मालसामान खरिद गर्न
प्राविधिक कार्यदक्षता, व्यवस्थापकीय क्षमता, आर्थिक क्षमता र कार्यानुभव लगायतका
पक्षहरुमा आश्वस्त भई योग्य बोलपत्रको पहिचान नभए बोलपत्र आ≈वान गर्नु अगावै
पूर्वयोग्यता सम्बन्धी कागजात तयार गरी पूर्वयोग्यता निर्धारणको लागि प्रस्ताव पेश
गर्न सार्वजनिक रुपमा सूचना प्रकाशन गर्नु पर्नेछ ।
(२) पूर्व योग्यता सम्बन्धी कागजातमा देहायका कुरा उल्लेख गर्नु पर्नेछः–
(क) प्रस्तावित कामको लागि आवश्यक पर्ने योग्यता र संयुक्त उपक्रमको
हकमा साझेदारको योग्यता,धधध।बिधअयmmष्ककयष्ल।नयख।लउ
टट
(ख) प्रस्तावदाताले आÇनो योग्यता र ग्राहयता पुष्टि गर्न पेश गर्नु पर्ने
कागजात र जानकारी,
(ग) मालसामान वा निर्माण कार्यको छुट्टा छुट्टै समूह वा प्याकेज बनाई
खरिद गर्नु पर्ने भएमा त्यस्तो समूह वा प्याकेज,
(घ) प्रस्ताव तयार गर्ने तरिका,
(ङ) पूर्वयोग्यताको प्रस्ताव मूल्याड्ढन गर्ने प्रकृया,
(च) खरिद सम्झौताका मुख्य मुख्य शर्त,
(छ) सार्वजनिक खरिद अनुगमन कार्यालयले पूर्वयोग्यता सम्बन्धी
कागजातमा उल्लेख गर्नु पर्ने भनी समय समयमा निर्धारण गरेका
अन्य विषय,
(ज) पूर्वयोग्यताको प्रस्ताव पेश गर्ने स्थान, अन्तिम मिति र समय ।
(३) स्थानीय निकायले पूर्वयोग्यताको प्रस्ताव आव्हान गर्नु अघि नियम ८१ वा
८२ बमोजिम निर्धािरत पूर्वयोग्यताका आधार सम्बन्धित स्थानीय निकायको प्रमुखबाट
स्वीकृत गराउनु पर्नेछ ।
(४) स्थानीय निकायले पूर्वयोग्यता सम्बन्धी कागजात तयार गर्न लागेको खर्चको
आधारमा इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीबाट एकहजारदेखि पन्ध्रहजार
रुपैया“सम्म दस्तुर लिई पूर्व योग्यता सम्बन्धी कागजात उपलब्ध गराउनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिमको कागजातमा स्थानीय निकायको प्रमुख वा निजले
तोकेको कर्मचारीको दस्तखत र कार्यालयको छाप लागेको हुनु पर्नेछ । पूर्वयोग्यता
सम्बन्धी कागजात सम्बन्धित स्थानीय निकाय वा सो निकायले तोकेको दुई वा दुई
भन्दा बढी अन्य निकायबाट उपलब्ध गराउन सकिनेछ ।
(६) मूल्यांड्ढन समितिले पूर्व योग्यताको आवेदकद्वारा पूर्व योग्यता सम्बन्धी
कागजातमा उल्लिखित योग्यताका प्रत्येक आधार पूरा गरे नगरेको विषयमा आवश्यक
परीक्षण गर्नु पर्नेछ । त्यसरी परीक्षण गर्दा योग्यताका सबै आधार पूरा गर्ने आवेदक
योग्यता परीक्षणमा छनौट भएको मानिने र सबै योग्यताका आधार पूरा नगर्ने आवेदक
छनौट नभएको मानिनेछ ।
(७) उपनियम (६) बमोजिमको परीक्षणमा छनौट भएका पूर्व योग्यताको आवेदक
सम्बन्धित खरिद कारबाहीको लागि बोलपत्र पेश गर्न योग्य भएको मानिनेछ ।
(८) मूल्यांड्ढन समितिले उपनियम (६) बमोजिम गरेको परीक्षणको विस्तृत
विश्लेषण सहितको प्रतिवेदन तयार गरी मूल्यांड्ढन कार्य शुरु गरेको मितिले पन्ध्र्र दिन
भित्रमा स्थानीय निकायमा पेश गर्नु पर्नेछ ।
(९) उपनियम (८) बमोजिमको प्रतिवेदनमा मूल्यांड्ढन समितिले देहायका कुरा
खुलाउनु पर्नेछ ः–
(क) आवेदकको नाम र ठेगाना,
(ख) आवेदकको योग्यताको प्रत्येक आधार पुष्टी गर्ने कागजात,
(ग) तालिका आवश्यक भए त्यस्तो तालिका,
(घ) संयुक्त उपक्रमको रुपमा प्रस्ताव पेश गरिएको भए संयुक्त उपक्रम
सम्बन्धी कागजात पूर्ण भए वा नभएको र त्यस्तो उपक्रमको प्रत्येक
साझेदारको हिस्सा र दायित्व,
(ङ) मालसामान वा निर्माण कार्यको छुट्टा छुट्टै समूह वा प्याकेज बनाई
खरिद गर्नु पर्ने भएमा त्यस्तो समूह र प्याकेजको परीक्षण गर्न
अपनाईएको प्रक्रिया तथा त्यस्तो समूह र प्याकेजको खरिद कारबाहीमा
भाग लिनको लागि छनौट भएका आवेदक,
(च) आवेदक छनौट हुनु वा नहुनुको कारण ।
(१०) उपनियम (६) बमोजिमको परीक्षणमा सफल भएका आवेदकलाई मात्र
दोस्रो चरणको बोलपत्रको लागि बोलपत्रसम्बन्धी कागजात उपलब्ध गराउनु पर्नेछ
तथा सफल नभएका पूर्वयोग्यताको आवेदकलाई दोस्रो चरणको बोलपत्रको लागि
बोलपत्रसम्बन्धी कागजात उपलब्ध गराउनु हु“ुदैन ।
(११) बोलपत्रसम्बन्धी अन्य कार्यविधि यस नियमावलीमा बोलपत्र सम्बन्धी
भएको व्यवस्था (पश्चात् योग्यता विधि) बमोजिम हुनेछ ।